सिन्धुली, असोज १०, २०७९ सोमबार
नेपाल डेरी एसोसिएसनको सिन्धुली जिल्ला भेला सम्पन्न भएको छ । दुग्ध क्षेत्रको उन्नति, राष्ट्रको समुन्नति भन्ने मूल नाराको साथमा जिल्लामा नयाँ कार्यसमिति चयन गर्दै भेला सम्पन्न भएको नेपाल डेरी एसोसिएसन सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले जानकारी दिनु भएको छ ।
नयाँ कार्यसमितिमा ९ सदस्यीय समिति गठन गरिएको छ । समितिमा अध्यक्षमा बलराम अधिकारी, उपाध्यक्षमा लीला बहादुर मगर, सचिव देव कुमारी कार्की, कोषाध्यक्ष उषा ढकाल र सदस्यहरूमा गणेश बहादुर थापा, प्रयागराज खतिवडा, मान बहादुर खत्री, कृष्णजि बि.क र दलुराम गौतम चयन हुनु भएको छ ।
यस्तै आगामी १२ गते पर्ने विश्व स्कुल दुग्ध दिवसलाई सप्ताह ब्यपी रूपमा मनाउने क्रममा नेपाल डेरी एसोसिएसन सिन्धुलीले स्कुलका बालबालिकालाई दूध खुवाएर मनाएको छ । शारीरिक तथा मानसिक वृद्धि विकासको लागि दूध भन्ने मूल नाराको साथमा आज सिन्धुली बिद्याआश्रमका बालबालिकालाई दूध खुवाइएको हो ।
नेपाल डेरी एसोसिएसन सिन्धुलीका संयोजक बलराम अधिकारीको अध्यक्षता तथा कमलामाई नगरपालिका प्रमुख उपेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि पोख्रेलले यस कमलामाई नगरपालिका सँगै सिङ्गो जिल्लालाईनै दूधबाट आत्मनिर्भर बनाउने सक्दो प्रयास गर्ने बताउनु भएको छ ।
बालबालिकाहरूको लागी शारीरिक तथा मानसिक वृद्धि विकासको लागि दूध अति नै आवसेकता भएको हुनाले दूध तथा दुग्ध जन्य पदार्थको सेवनमा प्रेरित गर्न बिद्यार्थीहरुलाई दूध खुवाउँदै विश्व स्कुल दुग्ध दिवस मनाइएको नेपाल डेरी एसोसिएसन सिन्धुलीका संयोजक बलराम अधिकारीले जानकारी दिनु भएको छ ।
यस्तै नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रलाद दाहालले नगरमा दूध उत्पादन बढाउन स्थानीय सरकार भएको नाताले सकेको सहयोग गरिदिन कार्यक्रमका प्रमुख अतिथि तथा मेयर पोख्रेललाई आग्रह गर्नु भएको छ । साथै उहाँले स्कुलको दिवा खाजामा अन्य सामग्री भन्दा दुग्ध जन्य खाजालाई प्राथमिकता दिन आग्रह गर्नुहुँदै आउँदै गरेको चाडबाडमा मासु मंङस सँगै पनिरलाई पनि समावेश गर्न अनुरोध गर्नु भएको छ ।
यता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सिन्धुली बिद्याआश्रमका प्रिन्सिपल पोसक पौडेलले देश समृद्ध बनाउन कृषिलाई मुख्य प्राथमिकता दिनु पर्नेमा जोड दिँदै स्थानीय सरकाले कृषकहरूले गरिरहेको कामलाई भरपुर सहयोग गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रमको अतिथिहरू नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दीप प्रसाद धमला, केन्द्रीय सदस्य रविशरण थापा, ललितपुर कोषाध्यक्ष हुद्धराज तिमल्सेना, कमलामाई नगरपालिका पशु शाखा प्रमुख डा. रोशन कोइराला, सिन्धुली उद्योग वाणिज्य संघका महासचिव राम कुमार राजभण्डारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि प्रकाश थापा, कृषि उपज बजार व्यवस्थापनका अध्यक्ष प्रयाग खतिवडा, डेरी उद्योगी व्यवसायीहरू, विद्यार्थीहरू लगायत सरोकारवाला निकायहरूको उपस्थितिमा नेपाल डेरी एसोसिएसन सिन्धुली जिल्ला समिति गठनका साथै सातौँ विश्व स्कुल दूध दिवस भव्यताका साथ दूध तथा दुग्ध पदार्थ वितरण गरी मनाइएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष बलराम अधिकारीले जानकारी दिनु भएको छ ।
तपाइँको प्रतिक्रीया