सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले नेपालीहरुको महान् पर्व दीपावली तथा छठ पर्व सभ्य, शान्तिपूर्ण वातावरणमा एकर्कामा खुसी साटासाट गरी मनाउन सिन्धुली जिल्ला बासीलाई अनुरोध गरेको छ । आइताबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
चाडपर्वको समय पटेका, प्रज्वलनशील पदार्थ पड्काउने ,किनबेच ओसारपसार गर्ने, जुवा तास, उच्छृङ्खल गतिविधि नगर्न र नगराउनु जिल्लावासीलाई अनुरोध गरेको छ । त्यस्तै राती ९ बजे सम्म मात्र देउसी भैलो सभ्य ढङ्गले खेल्न र चाडपर्वको समयमा कानुनले निषेध गरिएका कार्यहरू गरेमा सजाय हुने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया