२०८१ असोज २८ सोमबार

सौगात ललिपप उद्योगले तिहार विशेष पकवान परिकार उत्पादन गर्दै

  • admin २०७९ कातिर्क ७ सोमबार

सिन्धुली । सौगात ललिपप उद्योगले तिहार विशेष सबै खाले पकवान परिकार उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । स्थानीय स्तर मानै उत्पादन भएको परिकार धेरैको रोजाई मा पर्ने परेको छ । कमलामाई नगरपालिका ५ का जमुना श्रेष्ठ लोकल र शुद्ध परिकारको लागि आफ्नो रोजाई सौगात ललिपप उद्योगमा जाने गरेको बताउनु हुन्छ ।

तिहारमा विशेष प्रयोग हुने खजुरी ,अनरसा ,सेल रोटी , ललिपप चकलेट लगायतका स्थानीय परिकारहरू खानको लागि पनि स्वस्थ हुने भएकोले कमलामाई नगरपालिका ६ धुरा बजारका आलम शाहलाई पनि नियमित ग्राहक बन्नु भएको छ । उहाँलाई  स्थानीय परिकारको स्वाद खुबै मन पर्ने बताउनु हुन्छ ।

प्याकिङ गरेर बिक्रीको लागि तयारीमा राखिएको परिकार सिन्धुली जिल्लामा मात्र नभएर जिल्ला बाहिर पनि जाने गरेको छ दश दिन देखी उद्योगको व्यापार बढेको सौगात ललिपप उद्योगको अध्यक्ष विमलाले बताउनु भयो ।  । सीप समय ,सामग्री नहुनेहरू र लोकल परिकार खान मन पराउनेहरुको प्राथमिकता यस्ता परिकार पर्ने गरेको उहाँको भनाई थियो ।