सिन्धुली । सुनकोसी गाउँपालिका सिन्धुली, ३ का ज्ञानेन्द्र भट्टराईलाई यति बेला फुल माला बिक्री वितरण गर्न भ्याई नभ्याई छ । यहाँको बारीमा फुल माला अडर गर्नेहरूको ओइरो लाग्न थालेको छ । उहाँले व्यावसायिक रूपमा फुल खेती गर्नु भएको ४ वर्ष भयो ६ रोपनी जग्गामा फुल खेती गर्नु भएको उहाँले बारै महिना सयपत्री फुल उत्पादन गर्नु हुन्छ । फुल बेचेर मासिक एक लाख आम्दानी गर्दै आई रहनु भएको छ । दैनिक पाँच देखी छ सय माल काठमान्डौँको पशुपतिमा जाने गरेको बताउनु हुन्छ ।
त्यस्तै कमलामाई नगरपालिका ५ की इन्दिरा थापाले पनि फुल खेती गर्नु भएको ५ वर्ष भयो । उहाँलाई पनि यति बेला भ्याई नभ्याई छ तिहार पर्वमा फुलमाको बिक्री वितरण निकै हुने गर्दछ ।
तपाइँको प्रतिक्रीया