आज घर घरमा धनधान्यको प्रतीक मानिने लक्ष्मीको पूजा गरेर मनाइँदै छ । घरलाई सफा सुग्घर तथा गाईको गोबर एवम् रातो माटोले लिपपोत दीपावली गरेर घर, कार्यालयमा रंगोली पनि बनाइएको छ ।
विशेष गरी घरका झ्याल, ढोका, कोठा, कौसीमा शृङ्गार गरी लक्ष्मीको पूजा गरिन्छ । सबैले आफ्नो गच्छे अनुसार घरघरमा झिलिमिली बत्तीको उज्यालो बनाई लक्ष्मी भित्राउने चलन छ । लक्ष्मी पूजाका लागि चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ ।
तपाइँको प्रतिक्रीया