२०८१ असोज २९ मङ्गलबार

निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्ने राजनीतिक दलको प्रतिबद्धता

  • admin २०७९ कातिर्क १२ शनिवार

सिन्धुली । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले बालबालिकालाई प्रयोग नगर्ने बताएका छन् । सिन्धुली जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरुले यस्तो बताएका हुन ।

निर्वाचनको समयमा दलहरुले बालबालिका प्रयोग गरेको भन्दै जिल्ला बाल सञ्जाल सिन्धुलीले ध्यानाकर्षण गराएपछि बालबालिकालाई निर्वाचमा प्रयोग नगर्ने राजनीतिक दलले प्रतिबद्धता ब्यक्त गरेका छन् । बालबालिकाको सर्वोत्तम हितलाई मध्यनजर गरी निर्वाचनको घोषणापत्रमा बालबालिकाको सवालहरूलाई उच्च प्राथमिकतामा राखेर नीतिगत रुपमै निर्वाचन पछि काम गर्ने बताएका छन् ।

बालबालिकासम्बन्धी ऐन, २०७५ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने, बन्द, हडताल, चक्काजाम, धर्ना र जुलुसमा प्रयोग गर्न नहुने उल्लेख छ ।