सिन्धुली । म राजन दाहाल ,बुबा लीला नाथ दाहाल र आमा टङ्क कुमारी दाहाल मेरा माता पिता हुन् । सामान्य किसान परिवारमा २०३४ साल असार १० गते जन्मिए । पाँच दिदी बहिनी र पाँच दाजुभाइ दश सन्तानलाई माता पिताले परिश्रम गरेर नै पालन पोषण गर्नु भयो । आज पनि मेरा माता पिता सुनकोसी गाउँपालिका ५ नाङ्गे डाँडामा खेती किसान गर्नु हुन्छ ।
बाल्यकाल देखिनै सक्रिय अध्ययन गर्न रुचि राख्ने र श्रम गर्ने माता पितालाई सघाउँथे । गाउँमा फुर्सद भयो की काममा जोडिनु पर्याे, गाईबस्तु चराउने , घाँस काट्ने , मकै रोप्ने गाउँले जीवनमा यस्तो काम दैनिक हुन्थ्यो । खेल्ने समय कहिले हुँदैन थियो । म अध्ययनमा अत्यन्त रुचि राख्थे, घरमा रहेको पुराना रामायण , महाभारत, गीता ,रुद्री जस्ता पुस्तकहरू अध्ययन गर्थे माता पिताले वर्षै पिच्छे स्वस्थानीको पुस्तक पढ्न लगाउनु हुन्थ्यो । शास्त्रीय खालको किताब पढ्ने वातावरण बन्यो त्यसले पढाइमा थप मदत मिल्थ्यो । जेठो छोरो जिम्मेवार थिए । माता पिताको संस्कार गाउँको वातावरण साथीहरूको सङ्गतले मलाई बाल्यकाल देखिनै नेतृत्व गर्न प्रेरणा मिल्थ्यो ।
प्रगतिशील रात माटा बाट ८ कक्षा र एसएलसी गणेश माध्यमिक विद्यालय मजुवा बाट गरे । विद्यार्थी जीवनमै २०४६ सालको जनआन्दोलनमा , बहुदलीय व्यवस्था प्राप्तिको निम्ति सहभागी हुने आवसर पाए त्यस पछि राजनीतिक यात्रा सुरु गरे आज पनि म निरन्तर त्यही यात्रामा हिँडिरहेको छु ।
कक्षा ८ मा अध्ययन गर्दै थिए २०४६ सालमा म्याथ पढाउने सरलाई स्कुल बाट प्रहरीले चैत ७ गते गिरफ्तार गरेर घिसार्दै लानु भयो । त्यति बेला म स्कुल इकाईको अध्यक्ष थिए र मैले आफ्नो नेतृत्वमा उहाँको रिहाइको लागि पहल गरे । सरलाई चौकीमा विद्यार्थीहरुको समूह मिलेर लिन जाँदा सबै साथीहरूले कुटाई, पिटाई खायौँ, निर्दोष बाल मष्तिषकमा चोट पुग्यो । त्यही दमनको विरुद्ध आवाज उठाउन मन लाग्यो र राजनीतिमा थप आकर्षित हुन पुगे । गलत गर्नु हुँदैन र गलत सहनु पनि हुँदैन भन्ने मेरो सानै देखिको स्वभाव पनि थियो । पारिवारीक वाताबरण राजनीतिमय थिएन । तल्लो बेल्टका रेवती,स्मृति अग्रज दाइहरू राजनीतिमा लाग्नु भएको थियो उहाँहरू मेरो राजनीतिको एउटा खुड्किलो बन्नु भयो ।
२०५२ सालमा जनयुद्धको सुरु भयो,त्यति बेला प्लस टु पढ्दै थिए । प्लस टु पढ्दा पढ्दै म जनयुद्धमा लागे, सानै देखी परिवारको दुख बुझ्थे, मेरो जनयुद्धको अभियानलाई परिवारले रोक्नु भएन । मेरा सुरक्षाका लागि घर छोडेर नगइदिए हुन्थ्यो भन्ने परिवारको मनसाय बुझ्थे तर म प्रभावित बनिन ।
राजनीतिक यात्रामै २०५३ सालमा हात हतियार खरखजना सम्बन्धी अभियोगमा म जेल परे,त्यस पछि पढाई लाई निरन्तरता दिन सकिन ४ बर्ष जेल जीवन मैले आफ्नो अध्ययनमा नै बिताए, अतिरिक्त पुस्तहरू पढ्ने र राजनीति र सामाजिक परिबेसलाई थप जान्ने मौका पाए । जेल जीवन मेरा लागि बोझिलो भएन २०५६ चैतमा म जेल मुक्त भए ।
मेरो जनयुद्धको यात्रा सुरु भएपछि परिवारले १० वर्ष दसैँ मनाएनन् । हरेक दसैँमा मरो आगमन हुने आशामा माता पिताले खसी पाल्नु हुन्थ्यो । म घर आउन सक्दिन थिए प्रहरीले परिवारलाई कुटपिट गर्ने , घेरा हाल्ने जस्ता वारब्यार गर्ने भएको कारण मैले दसैँमा खुलेर घर आउने वातावरण थिएन । परिवारकै सुरक्षाकै लागि म घर आउँदिन थिए । दशैको लागि पालिएका खसीहरू बेचिन्थे, माता पिताले सुनाउनु हुन्थ्यो ।
आजको यो व्यवस्थाको लागि धेरैले ज्यान गुमाउनु भयो तर ती बलिदान खेर गएको छैन । अहिले पछाडि फर्केर हेर्दा गुमाएको कुरामा कुनै गुनासो छैन । समानता , जनताको अधिकार,सङ्घीयता गणतन्त्र, धर्म निरपेक्षता, समावेशी , समानुपातिक,सामाजिक न्याय सहितको राजनीतिक व्यवस्थाको परिकल्पना गरेर युद्धमा युद्धमा होमिएका थियौँ ,सयौँ हार र हजारौँ असफलता बेहोरौँ तर अन्तिम सफलता अहिले प्राप्त भएको उपलब्धि हो । अब अर्को पुस्ताले अर्को लडाई लड्नु नपर्ने गरी संविधान निर्माण भएको छ ।
म राजनीतिक यात्रा मानै छु । २०६६ सालमा सिन्धुली जिल्लामा सह इन्चार्ज २०६९ सालमा केन्द्रीय इन्चार्ज , जिल्ला अध्यक्ष हुँदै सिन्धुली बाट राष्ट्रिय राजनीतिमा सक्रिय छु । २०७४ सालमा प्रदेश सांसद बनाएर मलाई नगरिकले जनताको सेवा गर्ने मौका दिनु भयो । पाँच वर्ष जनताकै सेवामा समर्पित भए । उपलब्धि मूलक नै रह्यो । पुन २०७९ सालमा प्रतिनिधि सभामा उम्मेदवारी दिएको छु । अब फेरी पाँच वर्ष केन्द्रमा बसेर जनताको सेवा गर्ने मौका पाएको छु । हिजो व्यवस्था बदल्नको लागि भोट दिनु भयो अब संरचना बदल्नको लागि तपाईँको एक भोट आवश्यक छ । सांसदले निजी इच्छा पुरा गर्दैन जनताको सेवा गर्छ त्यसैले तपाईँको सेवा गर्ने मौका पर्खिरहेको छु ।
तपाइँको प्रतिक्रीया