२०८१ माघ २५ शुक्रबार

काठमाडौंको फोहोर विसर्जनमा फेरि अवरोध

  • admin २०८० श्रावाण १ सोमबार

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा बञ्चरेडाँडावासीले पुन: अवरोध गरेका छन्।

सोमबार बिहानैदेखि नुवाकोट ककनी गाउँपालिकाका र धादिङको धुनबेसी १ का जनप्रतिनिधि र स्थानीयले अवरोध गरेका हुन्।

आफूहरूले राखेको माग सम्बोधन नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिएको ककनी गाउँपालिका ३ का वडाअध्यक्ष घननाथ बजगाईले जानकारी दिए।

अवरोधपछि काठमाडौं उपत्याकाको फोहोर बोवकेर ल्यान्डफिल साइट सिसडोल/वञ्चरेडाँडा जाँदै गरेका ५० ट्रक बाटैमा रोकिएका छन्।

फोहोरले स्थानीयकोव स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारसँग यसबारे बारम्बार सहमति भए पनि कार्यान्वयन नभएपछि आफूहरू पुन: आन्दोलनमा उत्रन बाध्य भएको वडाअध्यक्ष बजगाईले बताए।

काठमाडौंको फोहोरका कारण जनस्वास्थ्यमा असर देखिएको भन्दै धुनिबेसी र ककनीका नागरिकहरू लामो समययता आन्दोलनमा छन्।

अघिल्लो वर्ष भदौमा पनि लामो आन्दोलन गरेका उनीहरू काठमाडौं महानगरसँग ४ बुँदे सहमति गरेपछि आन्दोलनबाट फिर्ता भएका थिए।

तर त्यो सहमति कार्यान्वयन हुन नसकेको उनीहरूको आरोप छ।