२०८१ असार ११ सोमबार

विमानस्थलबाट बरामद गरिएको सुन १५५ किलो भएको पुष्टि

  • admin २०८० श्रावाण ४ बिहीबार

काठमाडौं, ४ साउन । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन १५५ केजी रहेको पुष्टि भएको छ ।

आज टक्सार विभागजमा सुनको तौल लिइएकामा १५५ केजी रहेको पाइएको हो । आठ वटा पोकामा सुन ल्याइएको थियो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिर निस्किसकेपछि सुन बरामद गरिएको हो ।

अहिलेसम्म यो प्रकरणमा ६ जना पक्राउ परेका छन् ।