काठमाडौं, ६ साउन । अर्जेन्टिनी फरवार्ड लियोनेल मेसीले डेभ्यु खेलमा गोल गर्दै इन्टर मियामीलाई जित दिलाएका छन् ।
शनिबार बिहान भएको लिग्स कप अन्तर्गत क्रुज अजुलविरुद्ध २-१ को जित निकाल्ने क्रममा मेसीले इन्ज्युरी समयमा गोल गरे ।
मेसीले खेलको ५४औँ मिनेटमा मैदान प्रवेश गर्दै इन्टर मियामीका लागि डेभ्यु गरेका थिए । मेसीले खेलको ९४औँ मिनेटमा फ्रिकिकमा निर्णायक गोल गर्दै इन्टर मियामीलाई जिताएका हुन् ।
यसअघि खेलको ४४औँ मिनेटमा रोबेर्ट टेलरले इन्टर मियामीका लागि गोल गरेका थिए भने खेलको ६५औँ मिनेटमा उरिएल अन्तुनाले क्रुजका लागि गोल गरेका थिए ।
तपाइँको प्रतिक्रीया