काठमाडौँ / विराटनगरका ३२ वर्षीय समर्पण कार्कीले न्युलुक ‘मिष्टर नेपाल २०२३’ को उपाधि जितेका छन् । पेशाले पाइलट कार्की १८ प्रतियोगीलाई पछि शीर्ष विजेता बनेका हुन् । युवाको प्रेरणाको श्रोत बन्ने उद्देश्य सहित प्रतियोगितामा सहभागी भएका कार्कीले मिष्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे ।
प्रतियोगितामा शीर्ष विजेता कार्कीले नगद ५ लाख बराबरको उपहारको अलवा ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन् ।
दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा शनिवार अबेर साँझ एक भव्य समारोहकाबीच आयोजना भएको प्रतियोगितामा काठमाडौँका निमेश कपाली फष्टरनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा.विजय दुवाडी थर्ड रहनरअफ र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए । रनरअप विजेता कपालीले वेस्ट पर्सनालीटी, श्रेष्ठले मोष्ट ट्यालेन्ट र जिन्सपार्क स्टाइल आइकन, दुवाडीले पब्लिक च्वाइस, लामिछानेले मोष्ट फोटोजेनिक उपाधि समेत हात परे ।
अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारी लगायत निर्णायक रहेको प्रतियोगितामा मोष्ट पपुलर रमननाथ गिरी, मिष्टर एक्टिभ र वेस्ट फिजिक प्रेम कुमार यादव, वेस्ट स्किन मिकाज कार्की, वेस्ट हेयर राजीव तिवारी र न्यु लुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात परे ।
‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको छ ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रूपमा रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।
स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी प्रशिक्षण सहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । यो पटक मिष्टर नेपाल ‘न्यु लुक मिष्टर नेपाल’को नामबाट आयोजना भएको थियो । प्रतियोगीले इन्ट्रोडक्सन राउण्डमा मौलिक संस्कृति झल्किने विभिन्न पोसाक लगाएका थिए ।
तपाइँको प्रतिक्रीया