अस्ट्रेलिया एडिलेड / नेपाली जनप्रगतिशील मन्च साउथ अष्ट्रेलियाको आयोजनामा सीता दाहालको सम्झनामा श्रद्धाजलि कार्यक्रमको सम्पन्न भएको छ ।
सम्माननीय प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डज्यूकी धर्मपत्नी एवम् माओवादी (केन्द्र) पार्टीकी केन्द्रीय सल्लाहकार स्व. सीता दाहालको सम्झनामा नेपाली जनप्रगतिशील मञ्च,साउथ अष्ट्रेलिया द्वारा शोक तथा श्रद्धान्जली सभा कार्यक्रम आयोजना गरिएको थियो।
उक्त श्रद्धाञ्जली कार्यक्रममा मञ्चका अध्यक्ष कृष्ण भट्टराईले स्वर्गीय सीता दाहालको योगदानको बारेमा प्रकाश पार्नुभएको थियो।
प्रधानमन्त्री पत्नी सीताको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
तपाइँको प्रतिक्रीया