२०८१ माघ ७ सोमबार

अस्ट्रेलियाको एडिलेडमा प्रस्तावित नेपाली समुदाय भवनको प्रगति विवरण सार्वजनिक

  • admin २०८० श्रावाण ८ सोमबार

अस्ट्रेलिय एडिलेड/ साउथ अष्ट्रेलियामा नेपाली सामुदायिक भवन निर्माणका लागि जग्गा दान गर्ने घोषणा गरेकी एनआरएनए अष्ट्रेलियाकीउपाध्यक्ष रेनुका लामाले एक कार्यक्रम विच प्रगति विवरण सार्वजनिक गरेकी छिन् ।

लामाले स्थानिय म्यारियन काउन्सील रहेको आफ्नो जग्गा मध्ये केहि जग्गा नेपाली समुदायिक भवन निर्माणका लागि दिनेसार्वजनिक घोषणा गरेकी थिइन । ३००० स्क्युवायर मिटरको जमिनमा मन्दिर गुम्वा सहितको समुदायिक भवन निर्माण गर्ने योजना रहेको लामाले बताइन । एडिलेडको मुख्य विन्दुबाट २० किलो मिटरमा उक्त जग्गा रहको छ । उनले घोषणा पछि अगष्ट २१मा टाउन प्लानरको नियुक्ति गरेर सिटि काउन्सिल देखीका सरकारी निकायहरुमा जग्गा छुट्टाउन प्रक्रिया चलिरहेको बताईन । कार्यक्रममा प्रस्तुत विवरण अनुसार हाल सम्म झण्डै अष्ट्रेलियन डलर ४००० खर्च गरिसकेको विवरण समेत पेश गरेकी थिईन । स्थानिय म्यारिय काउन्सिलकी काउन्सिलर समेत रहेकी लामाले सरकारी प्रक्रियाका विभिन्न तहका वारेमा समेत जानकारी दिएकीथिइन ।

कार्यक्रममा साउथ अष्ट्रेलियाका लागि वाणिज्यदुत दिपक धमलाले आफु पनि जग्गाको व्यवसायी भएकाले भवन निर्माण गर्न अनुमतिप्राप्त क्षेत्रमा समेत भुमीको विभाजन गर्दा आठ महिना भन्दा बढि लागेको बताउदै , दिने भनेको जग्गा विभाजनको अनुमतिका लागि केहिसमय लाग्ने बताउदै आफ्नो तर्फबाट कुनै सहयोग आवश्यक भए गर्न तयार रहेको समेत बताए ।

साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले जग्गा समुदायमा प्राप्त भए पछि भवन निर्माणका सरकारीनिकायहरुबाट हुने आर्थिक सहयोग लगायतको काममा सहयोग गर्ने बताईन । कार्यक्रममा एनआरएन ओशियाना सह संयोजक अशोककेशी, मोर्गेज ब्रोक व्यवसायी अशोक एसी, सामाजिक अगुवाहरु दिपक विष्ट, अर्जुन लम्साल, जन सम्पर्क समिति,एसए अध्यक्ष दिलिपपोखरेल लगायतका अगुवाहरुले जग्गा समुदायमा हस्तान्तरण लगायतका विषयमा भनाई राखेका थिए ।

कार्यक्रमको समापनमा लामाले समुदायका अगुवाहरु संग सरसल्लाह गरेर भवन निर्माणका समिति निर्माण समेत बताईन ।