२०८१ असार २ शनिवार

शंकरको ‘तेल भिसा’मा विपिन अनुवन्धित, दोहोरो भूमिकामा देखिदै

  • admin २०८० श्रावाण ८ सोमबार

काठमाडौं / ‘तुलसी’ निर्देशनपछि अमेरिका पुगेका निर्देशक शंकर घिमिरेले लामो समयको अन्तरालपछि नयाँ फिल्म निर्माण तथा निर्देशन गर्ने भएका छन् । उनले, निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘तेल भिसा’ राखिएको छ । यो फिल्ममा नायक विपिन कार्कीलाई अनुवन्धित गरिएको छ । विपिनसँग फिल्मका लागि आइतबार शंकरले कागजी संझौता गरे ।

फिल्म ‘तेल भिसा’को छायांकन तिहारपछि नेपाल र अमेरिकामा गरिने उनले बताएका छन् । यो फिल्ममा नायक कार्की दोहोरो भूमिकामा देखिदैछन् ।

फिल्मलाई वास्तविक कथामा मनोरञ्जनात्मक शैलीमा तयार पारिने शंकरले उल्लेख गरेका छन् । निर्देशक शंकर घिमिरे कुनै समयका व्यस्त निर्देशक हुन् । तर, अमेरिका पुगेपछि उनको फिल्मी यात्रा रोकिएको थियो । अब, फेरि उनले फिल्म यात्रालाई निरन्तरता दिने तयारी गरेका छन् ।

विपिनले हालै मात्र फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन सकाएका छन् । उनी, भदौदेखि फिल्म ‘उनको स्विटर’को छायांकनमा व्यस्त हुनेछन् ।