२०८१ भाद्र २८ शुक्रबार

सुन प्रकरणलाई निष्कर्षमा नपुर्‍याए सरकारको दिनगन्ती सुरू हुन्छ: रवि लामिछाने

  • admin २०८० श्रावाण १० बुधबार

काठमाडौं, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके वर्तमान सरकारको दिनगन्ती सुरू हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा लामिछानेले भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसकेको अवस्थामा सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके सरकार दिनगन्ती सुरु हुने बताएका हुन् ।

लामिछानेले सुन तस्करी सेटिङमा भइरहेको आरोप लगाउँदै यस बिषयमा गृहमन्त्रीले सदनमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरे । उनले सुन प्रकरणमा कर्मचारीहरूमाथि अनुसन्धान गर्नुपर्नेमा सरुवा मात्र गरेको भन्दै आपत्ति जनाए ।

उनले सरकारले बालुवाटारको ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतलाई निष्कर्षमा नपुर्‍याएर गिजोल्ने काम मात्रै गरेको बताए ।

उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले गरेको प्रयासलाइ रास्वापाले गरेको समर्थन फाइदाका रुपमा नलिन समेत लामिछानेले चेतावनी दिए ।