२०८१ भाद्र २४ सोमबार

रवि लामिछाने भन्छन्– सरकार सुन तस्करी प्रकरणका मालिक जोगाउन खोजिरहेको छ

  • admin २०८० श्रावाण १३ शनिवार

काठमाडौं, १३ साउन । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सी र भरियालाई सुनको मालिकसम्म पुग्न नदिई समातेकोप्रति आपत्ति जनाएका छन् ।

रास्वपा भक्तपुरको भेलालाई आज शनिबार भक्तपुरमा सम्बोधन गर्दै उनले मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उठेकाले आफूहरुले संसदमा प्रश्न समेत उठाएको बताएका हुन् ।

ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिने भए पनि त्यसो नगरिएको उनको भनाइ छ । अहिले तस्करी भएको सुनको परिमाण हेर्दा त्यसको मालिक ठूलै व्यक्ति हुने आशंका रहेको पनि उनले बताएका छन् ।

भरियालाई पछ्याएर सुनका मालिकसम्म पुग्न सकिने भए पनि सरकारले सूचनाको स्रोतलाई नै समातेर मुख्य दोषी उम्काएको आरोप उनको छ ।

ठूलो परिमाणमा सुन आएको घटनाबारे आफुहरुले सरकारको जवाफ कुरिरजेको बताउँदै उनले चित्त बुझ्दो जवाफ नआए उपयुक्त प्रतिकारमा उत्रिने चेतावनी पनि सभापति लामिछानेले दिएका छन् ।

सरकारले एउटा विषयलाई टुंगोमा नपुर्‍याइकन अरु फाइल खोलेर गिजोलिरहेको टिप्पणी पनि उनले गरेका छन् ।