२०८१ असोज २९ मङ्गलबार

(एनआरएनए) अष्ट्रेलियाको निर्वाचन सम्पन्न , कुन राज्यमा कति खस्यो मत ?

  • admin २०८० श्रावाण १३ शनिवार

अस्ट्रेलिया एडिलेड । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन सम्पन्न भएको छ। आगामी (२०२३–२५)को कार्यकालका लागि नेतृत्व छान्न आज भएको निर्वाचन सम्पन् भएको हो।

आज भएको निर्वाचनमा सबैभन्दा बढी मत न्यु साउथ वेल्समा खसेको निर्वाचन समितिले जनाएको छ। ४ हजार ५०८ मतदाता रहेको एनएसडब्लुमा ३ हजार ८९९ मत खसेको छ। सबै भन्दा कम मत नर्दन टेरोटोरीमा खसेको छ। ८१५ मतदाता रहेको नर्दन टेरोटोरीमा ७१५ मत खसेको निर्वाचन समितिले जनाएको छ।

यस्तै एसीटिमा १२७९, तास्मानियामा ११५१, भिक्टोरियामा १७९०, क्वीन्सल्याण्डमा १२३४, साउथ अष्ट्रेलियामा १२३६ र वेस्टर्नअष्ट्रेलियामा १३१३ मत खसेको निर्वाचन समितिले जनाएको छ।

राज्यमा स्थानीय समय अनुसार बिहान नौ बजेदेखि सुरु भएको मतदान साँझ पाँच बजे सकिएको थियो।

एनआरएनए अष्ट्रेलियाको अध्यक्षका लागि तीन जना चुनावी मैदानमा छन्। डिला खरेल, देव गुरुङ र अनिल पोख्रेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्।