२०८१ असार ४ सोमबार

कोरियामा पानी जहाज कम्पनीमा कामदारका लागि आवेदन खुल्यो

  • admin २०८० श्रावाण १४ आइतबार

काठमाडौं, १४ साउन । दक्षिण कोरियामा पानी जहाज कम्पनीका लागि आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सकिने इपिएस कोरिया शाखाले जनाएको छ ।

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार इपिएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।

करिब २ हजार ५ सय कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो । भाषा परीक्षा असोज १ गतेदेखि हुने इपिएस कोरियाले जनाएको छ । परीक्षास्थल र समय भदौको ८ गते प्रकाशित हुनेछ ।

‘नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत् गणतन्त्र कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा संचालन गर्ने आवेदन फाराम दर्ता गर्नुहुन सूचना आह्वान गरिएको छ,’ इपिएस कोरिया शाखाको सूचनामा भनिएको छ ।