काठमाडौं, १३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका लागि ओली आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
दुई शीर्ष नेताबीच संसदको अवरोध हटाउनेबारे कुराकानी भएको बताइएको छ । यस्तै, प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा पनि छलफल भएको जानकारी दिइएको छ ।
तपाइँको प्रतिक्रीया