२०८१ माघ ६ आइतबार

महिला विश्वकप फुटबल क्यानडामाथि अष्ट्रेलियाको सानदार जित अन्तिम १६ मा स्थान सुरक्षित

  • admin २०८० श्रावाण १५ सोमबार

 अष्ट्रेलिया । अष्ट्रेलिया घरेलु मैदानमा जारी फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह बी अन्तर्गत भएको अन्तिम खेलमा क्यानडामाथि सानदार जित निकाल्दै अष्ट्रेलियाले अन्तिम १६ मा स्थान पक्का गरेको हो।

जारी विश्वकपमा अष्ट्रेलियाको यो दोश्रो जित हो। यसभन्दा अघि आयरल्याण्डलाई हराएको अष्ट्रेलियाले नाइजेरियासँग अप्रत्यासित हार व्यहोरेको थियो।

सोमबार सम्पन्न खेलमा अस्ट्रेलियाले क्यानडालाई ४–० गोल अन्तरले पराजित गरेको हो। अस्ट्रेलियाको जितमा हेली रासोले दुई गोल गरेकी थिइन् भने मेरी फोवलेर र स्टेफेन काटलीले एक एक गोल गरेका थिए।

यो जितसँगै समूह बिको विजेता बन्दै अष्ट्रेलियाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अष्ट्रेलियासँगै सोही समूहबाट नाइजेरिया अन्तिम १६ मा पुगेको छ।

समूह बीको तेश्रो र चाैथो स्थानमा रहँदै आयरल्याण्ड र क्यानडा भने घर फर्किएका छन्।