२०८१ कातिर्क १९ सोमबार

सैनिक सरकारद्वारा नेत्री सूकीलाई आंशिक माफी

  • admin २०८० श्रावाण १६ मङ्गलबार

म्यानमारको सैन्य सरकारले देशकी पूर्व नेतृ आङ सान सुकीलाई पाँचवटा मुद्दामा माफी दिएको छ । यसको अर्थ उनको ३३ वर्षको सजाय घटाएर २७ वर्षमा पुर्याएको छ ।

म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई पनि दुईवटा मुद्दामा आममाफी दिइएको छ, जसले उनको सजाय १२ वर्षबाट घटाएर आठ वर्षमा झरेको छ ।
राजधानी नोयापिडामा रहेको गौतम बुद्धको विशाल मूर्ति उद्घाटनका अवसरमा देशको सैनिक सरकारले ७ हजार ८ सय कैदीलाई माफी दिने घोषणा गरेको थियो ।

माफी पाएका कैदीहरूमा विद्रोह विरोधी प्रदर्शनमा भाग लिनेहरू पनि सामेल छन्।