२०८१ माघ ७ सोमबार

अष्ट्रेलियामा २ भाग्यशाली ,१० करोड डलरको पावरबल चिठ्ठा

  • admin २०८० श्रावाण १८ बिहीबार

अष्ट्रेलिया एडीलेड । अष्ट्रेलियामा २ भाग्यशाली व्यक्तिहरूले १० करोड डलरको पावरबल चिठ्ठा जितेका छन्।

यो ड्र यस वर्षको कुनै पनि अष्ट्रेलियाली लटरी खेलको सबैभन्दा ठूलो ज्याकपोट हो।

लगातार पाँचाैँ हप्तासम्म कसैले जित्न नसकेपछि पावरबल ड्रको पुरस्कार बढेर १० करोड डलर पुगेको थियो।

विजेता नम्बरहरू १३, ७, १८, २३, २५ र ३३ रहेका छन् । त्यस्तै, पावरबल नम्बर भने ७ रहेको छ। विजेता दुई भाग्यशाली व्यक्तिहरूले पाँच-पाँच करोड पाउने भएका छन्।