२०८१ श्रावाण २ बुधबार

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र श्रीमती सोफीबीच सम्बन्धबिच्छेद

  • admin २०८० श्रावाण १८ बिहीबार

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले सम्बन्धबिच्छेदको घोषणा गरेका छन् । दुवैले १८ वर्षअघि सन् २००५ मा विवाह गरेका थिए ।

सोफी र जस्टिनले इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धविच्छेदको जानकारी शेयर गरेका छन् ।
जस्टिन ट्रुडोको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोष्टमा लेखिएको छ, ‘म र सोफी तपाईलाई जानकारी गराउन चाहन्छु कि धेरै अर्थपूर्ण र कठिन कुराकानी पछि हामीले अलग हुने निर्णय गरेका छौं। एकअर्काको माया र सम्मानको साथ, हामी सधैं परिवार जस्तै हुनेछौं। हामीले मिलेर बनाएका कुरालाई अगाडि बढाउने छौँ ।’

यस पोष्टमा बच्चाहरूलाई उल्लेख गर्दै,यो हाम्रो गोपनीयताको सम्मान गर्न भनिएको छ।
जस्टिन ट्रुडो र सोफीका तीन सन्तान छन् । क्यानडाका प्रधानमन्त्रीको कार्यालयका तर्फबाट दुवैले सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरेको बताइएको छ ।