काठमाडौं, १० साउन। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनका क्रममा ज्ञानेन्द्र भक्कानिएका थिए । ‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु । यत्रो वर्ष क्रिकेट खेलेँ । प्रकृतिको नियम नै हो । चेञ्ज हुनुपर्छ । भित्रैदेखि फिल गरेको कुरा भनेको यही ठिक समय हो’,’ उनले भने ।
उनले श्रीमती र छोरीलाई पनि सम्झिए । छोरीका नाम लिँदा उनको गला अवरुद्ध भएको थियो ।
सन २००६ देखी नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रले २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध अन्तिम खेल खेलेका थिए ।
तपाइँको प्रतिक्रीया