काठमाडौं, २० साउन । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालतले तीन वर्षको जेल सजाय तोकेको छ ।
खानलाई सरकारलाई प्राप्त उपहारहरू बेचेको आरोपमा दोषी ठहर गर्दै अदालतले तीन वर्षको जेल सजाय तोकेको हो । फैसलापछि खानलाई लाहोरस्थित उनको घरबाट हिरासतमा लिइएको छ ।
अप्रिल २०२२ मा संसदमा अविश्वासको मतमार्फत खानलाई सत्ताबाट हटाएपछि भ्रष्टाचार, आतंकवाद र घातक विरोध प्रदर्शनमा समर्थकलाई हिंसाका लागि उक्साएको आरोप सहित १५० भन्दा बढी मुद्दाहरू लगाइएको छ।
खानले भने आफूमाथिको आरोप अस्वीकार गर्दै पुनरावेदन गर्ने बताएका छन्।
तपाइँको प्रतिक्रीया