२०८१ माघ २५ शुक्रबार

अष्ट्रेलियामा १६ वर्षदेखि हराइरहेका नेपाली विद्यार्थी

  • admin २०८० श्रावाण २१ आइतबार

अष्ट्रेलिया । अष्ट्रेलियामा नेपालका एक विद्यार्थी १६ वर्षदेखि बेपत्ता भएका छन्। सन् २००७ मा सम्पर्कविहीन बनेका विल्सन विष्टको १६ वर्ष भइसक्दा पनि अत्तोपत्तो हुन सकेको छैन।

पछिल्लो पटक उनी सिड्नीको एलिजावेथ वेमा अगष्ट २४ , २००७ मा देखा परेका थिए। उनले गरिरहेको काम सोही समयमा छोडेर अस्वभाविक व्यवहार देखाउन थालेका थिए।

विष्टको खोजी गरिरहेको न्यु साउथ वेल्स प्रहरीले कसैलाई उनको बारेमा केही थाहा भएमा 1800 333 000 मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरेको छ।

उनी सम्पर्क विहीन हुँदा २४ वर्षका थिए।