२०८१ चैत ३ सोमबार

नेपाली चार हास्य कलाकार एडिलेड आउने

  • admin २०८० श्रावाण २१ आइतबार

अस्ट्रेलिया एडिलेड । नेपाली चार हास्य कलाकार एडिलेड आउने भएका छन् । `अब हास्छ एडिलेड´ नाम दिईको कार्यक्रम स्थानिय एभरेष्ट रेष्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ । कमेडी च्याम्पियन सिजन– २ का विजेता भरत मणि पौडेल सहितसुमन कार्की, कैलाश कार्की, बिक्की अग्रवाल यहि अगष्ट ११ मा एडिलेड आउने एस के इभेन्टस एण्ड इन्टरटेन्मेनका निर्देशक कमलथापा मगरले जनाएका छन् ।

पछिल्लो समय नवहास्य कलाकारहरुले नेपाली दर्शकहरुको मन जित्दै गइरहेको सन्दर्भमा यहा आयोजना हुने कार्यक्रमले राम्रो दर्शक पाउने अपेक्षागरिएको मगरले बताए ।

मगरले एडिलेड सहरमा बसोबास गर्ने नेपाली युवाहरूको लागि कार्यक्रम आयोजना गर्दै सम्पुर्ण नेपाली समुदाय र गैर–नेपाली समुदायकालागि सांस्कृतिक कार्यक्रम, लाइभ सांगीतिक कन्सर्ट, डान्स पार्टी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूलाई प्रवर्द्धन गर्ने समेत बताए ।

🎟️TICKETS: