अस्ट्रेलिया । सिड्नीको चेरीब्रुकमा भएको दुर्घटनामा २३ वर्षीय नेपाली विद्यार्थी सुजन घिमिरेको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु भएको हो।
नेपाल घर सिन्धुली भएका घिमिरे गत अगष्टमा मात्र सिड्नी आएका थिए।दुर्घटनामा गम्भीर घाइते भएका सुजनलाई हर्नस्बी अस्पताल लगिएको थियो। अस्पताल लगेका उनलाई डाक्टरले मृत घोषणा गरेको थियो।
परिवारको अग्रह अनुरुप सुजनको शव नेपाल पठाउन गैर आवसीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्सको संयोजनमा शव नेपाल पठाउनका लागि गो फण्ड मी संन्चालन गरिएको छ।
सहयोग गर्न चाहानेहरुले यो लिंकमा क्लिक गर्नुहोला ।
तपाइँको प्रतिक्रीया