काठमाडौं, २१ साउन । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई लगाएको छ ।
आज आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए ।
‘सुन तस्करी प्रकरणको अनुसन्धानमा अन्य काननुन पनि आकार्षित हुने भएकाले बाँकी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिएका हौँ,’ विभागका महानिर्देशक नवराज ढुङ्गानाले भने, ‘पक्राउ परेका सम्पूर्ण व्यक्ति, सामान र अन्य सामग्री प्रहरीलाई हस्तान्तरण गर्न लागेका हौँ ।’
अहिलेसम्म १८ जना पक्राउ परेका छन् । जसमा ३ जना विदेशी रहेको विभागले जानकारी दिएको छ I
तपाइँको प्रतिक्रीया