अष्ट्रेलिया । आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा डेनमार्कमाथि २-०को सहज जित निकाल्दै अष्ट्रेलियाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलियाको जितमा केटलिन फोर्ड र हेली रासोले समान एकएक गोल गरिन् । खेलको पहिलो हाफमा एक गोल गरेको अष्ट्रेलियाले दाेस्राे हाफमा थप एक गोल गर्न सफल भयाे ।
अब अष्ट्रेलियाले फ्रान्स र मारक्कोबीचको विजेतासँग खेल्नेछ ।
तपाइँको प्रतिक्रीया