काठमाडौं, २४ साउन । वैदेशिक रोजगारीका लागि गएकाको मृत्यु भएको खण्डमा अब मृतकका परिवारले कम्तिमा १० लाख राहत पाउने भएका छन् ।
वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य देशमा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई कम्तिमा १० लाख राहत दिने तयारी गरेको हो ।
बोर्डले यसअघि दिँदै आएको राहत रकम वृद्वि गर्नका लागि श्रमसचिव केवलप्रसाद भण्डारीको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको बोर्डको बैठकले यसअघि सात लाख दिँदै आएकामा अब कम्तिमा १० लाख रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।
सुरूमा आर्थिक सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो। आर्थिक वर्ष २०७४⁄७५ देखि बढाएर ७ लाख पुर्याइएको थियो।
तपाइँको प्रतिक्रीया