२०८१ चैत ३ सोमबार

मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव असफल

  • admin २०८० श्रावाण २६ शुक्रबार

काठमाडौं, २६ साउन । भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएको छ ।

बिहीबार काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीसहित विपक्षी सांसदहरू सदनबाट बाहिर निस्केको केही समयपछि सभामुखले आह्वान गरेको ध्वनि मतका आधारमा उक्त प्रस्ताव असफल भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिइरहेका बेला विपक्षी दलका सदस्यले उनको सम्बोधन बहिस्कार गर्दै संसद भवनबाट बाहिरिएका थिए ।

विपक्षी गठबन्धनले मणिपुरमा भएको दुःखद घटनालाई लिएर मोदी सरकारमाथि अविश्वासको प्रस्ताव पेश गरेका थिए ।