२०८१ श्रावाण २ बुधबार

यस्तो छ विदेशबाट नेपाल फर्कदा ल्याउन पाइने सुन, मोबाइल र टेलिभिजनबारे पछिल्लो प्रावधान

  • admin २०८० श्रावाण २८ आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के-के सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्दैन् र के-कस्ता सामानमा भन्सार तिर्नुपर्छ ?

विदेशबाट फर्किदा यात्रुहरुले आफ्नोसहित अरुका सामाग्री पनि बोकेर आउने गरेका छन् । सुन, मोबाइल, टेलिभिजन लगायतका सामाग्री ल्याउने गरेका छन् । कतिपय सर्वसाधारणहरु भन्सार सम्बन्धि जानकारीबाट बञ्चित हुँदा विदेशबाट ल्याएका सामानहरु भन्सारमै जफत हुने गरेका छन् ।
विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था :

– कति सुन ल्याउन पाइन्छ ?
विदेशबाट महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । एकजना व्यक्तिले (महसुल तिर्नु नपर्नेः महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक) थप २०० ग्राम सम्म सुनको गहना भन्सार महसुल तिरेर साथमा ल्याउन पाउँछ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता हुँदैन् ।

– मोबाइल कति वटा सम्म ल्याउन पाइन्छ ?
विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँछ । तर, यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ ।

– टेलिभिजनको हकमा के छ प्रावधान ?
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्छ ।