२०८१ श्रावाण २ बुधबार

नियोजित रूपमा सदन ‘हाइज्याक’ भयो: रवि लामिछाने

  • admin २०८० श्रावाण २९ सोमबार

काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाती व्यवहार देखाएको आरोप लगाएका छन् ।

सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सभामुखले आफू अनुकुल सदन सञ्चालन गरेर पक्षपाती व्यवहार देखाएको आरोप लगाएका हुन् ।

सभामुखको कुर्सीमा बसेपछि व्यवहार, क्रियाकलापले दलको बन्न नपाउने उनले बताए । लामिछानले नियोजित रूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको गुनासो गरे ।

लामिछानेले एमालेले लगातार सदन अवरुद्ध गरिरहेको अवस्थामा सभामुखले छानीछानी सांसदलाई बोल्न दिएको र अरू दलका सांसदहरूले बोल्न खोज्दा अन्तै मोडिएको तर्क गरे ।

उनले बन्द कोठामा सहमति गरेर नै रास्वपाका सांसदहरूलाई बोल्न नदिएको भान भएको धारणा राखे ।