२०८१ श्रावाण २ बुधबार

तस्करीमा खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ: प्रचण्ड

  • admin २०८० श्रावाण २९ सोमबार

काठमाडौं, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता रहेको पुष्टि भए आफू पनि कारबाही भोग्न तयार रहेको बताएका छन् ।

सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले तस्करीमा संलग्न कसैलाई पनि नछोड्ने भन्दै आफू दोषी देखिए हत्कडी लगाएर थुन्न आग्रह गरेका हुन् ।

उनले सुन प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम मुछिएकोमा पनि मुख खोल्दै दोषी भए महरा र उनको परिवारलाई पनि कारबाही हुने बताए ।

‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ । ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु,’ प्रचण्डले भने ।

प्रचण्डले सुन तस्करीमा संलग्न भएको पुष्टि भए पार्टीकै नेतालाई पनि नछोड्ने बताए।