२०८१ चैत २ आइतबार

ब्रेक सुबाट छुट्याइएको सुन गालिँदै

  • admin २०८० श्रावाण ३० मङ्गलबार

काठमाडौं । राजस्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरेको सुनसहितको १५५ किलो ‘ब्रेक शु’भित्रको सुन आज गालिन थालिएको छ। राष्ट्र बैंकको टक्सार महाशाखामा सुनसहितको ‘ब्रेक शु’ राखिएको थियो।

मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालिन लागेको हो। राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी भइरहेको माशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

सुन गाल्ने काम १०ः३० बजेबाट सुरु भइसकेको उनको भनाइ छ। यसअघि हिजो ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ। गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ।

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिनेछ। त्यसका लागि केही दिन लाग्ने आचार्यले बताए। त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिएको थियो। उक्त घटनामा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ।