२०८१ माघ ७ सोमबार

एनआरएन अष्ट्रेलियाको एक्सीलेन्स एवार्ड यस वर्ष सेप्टेम्बर २ तारिखमा

  • admin २०८० श्रावाण ३१ बुधबार

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स अवार्डको नोमिनेशन खुल्ला गरेको छ । ‘एनआरएनए अष्ट्रेलिया एक्सिलेन्स अवार्डस्’ शीर्षकमा दिईने सम्मानका लागी सोमबार देखी नोमिनेसन खुला गरिएको छ। अगस्ट १४ सोमबारबाट अगष्ट २० मध्यरातीसम्मका लागि विभिन्न १३ विधाको अवार्डका लागि नोमिनेशन खुल्ला भएको हो। ।

एनआरएनए अष्ट्रेलियाले हरेक दुई वर्षमा नेतृत्व परिवर्तन हुने समय पारेर विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने गर्दछ।
एनआरएनए एक्सिलेन्स अवार्सड् वितरण सेप्टेम्बर २, २०२३ मा एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय भेला र पद हस्तान्तरण कार्यक्रमकै क्रममा हुनेछ।

यस वर्ष १३ विभिन्न विधामा एवार्ड प्रदान गरिनेछ जसमा स्टुडेन्ट अफ दि ईयर (१२ लेभल) स्पोर्टस पर्सन अफ दि ईयर ओभर १८, नेप्लीज कल्चरल एम्बासडर अफ दि ईयर, एनआरएन अष्ट्रेलिया अफ दि ईयर, एनआरएन अष्ट्रेलिया युथ अफ दि ईयर, एनआरएन अष्टे्रलिया ओमन अफ दि ईयर, फ्रेड्स अफ नेपाल अफ दि ईयर, विजनसेस पर्सन अफ दि ईयर, कम्युनिटी सर्भिस पर्सन अफ दि ईयर, अर्गनाईजेशन अफ दि ईयर, मेडिया पर्सन अफ दि ईयर, स्टेट पर्सन अफ दि ईयर रहेका छन् ।

अवार्डका लागि नोमिनेशन भर्ना यहाँ जानुहोस्

https://forms.office.com/pages/responsepage.aspx?id=l6V7qRsTRU23oIWENTZRS-b9tbt75rtFnqweRvI6QlNUMFIwM0tCSkxWSUlEUE1LQVU1SDBTQ0lQRy4u