२०८१ श्रावाण २ बुधबार

मेस्सीको कप्तानीमा इन्टर मियामी लिग्स कपको फाइनलमा

  • admin २०८० श्रावाण ३१ बुधबार

काठमाण्डौ – लियोनल मेस्सीको कप्तानीमा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा पुगेको छ ।

पहिलो सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४–१ गोलले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।

मियामीका लागि जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान एक÷एक गोल गरे ।

युनियनका आलेहान्द्रो बेडोयाले एक गोल फर्काए ।

अब मियामीले फाइनलमा नाशभिल र मोन्टरेबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

फाइनल खेल शनिवार हुनेछ ।