काठमाडौँ । ब्राजिलियन फरवार्ड नेयमार फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेर साउदी प्रो–लिग क्लब अल–हिलालसँग अनुबन्ध भएका छन् । ३१ वर्षीय खेलाडीका लागि साउदी क्लबले ९ करोड युरो (एडअनहरु थप) खर्च गरेको बताइएको छ । ‘मैले युरोपमा धेरै कुरा हासिल गरेँ, त्यहाँ विशेष पलहरु बिताएँ, तर म सधैँ ग्लोबल खेलाडी बन्न चाहन्थे र नयाँ ठाउँमा नयाँ चुनौती र अवसरहरु लिन चाहन्थे,’ नेयमारले भनेका छन् ।
नेयमारले फ्रेन्च क्लबमा रहँदा वार्षिक रुपमा २.५ करोड युरो कमाई गर्थे । अब उनले साउदीमा वार्षिक रुपमा १५ करोड युरो पाउनेछन् । यो रकम पीएसजीमा रहँदाको भन्दा ६ गुणाले बढी हो । उनले क्लबसँग दुई वर्षको करार गरेका छन् ।
यो सिजन साउदी लिगमा करिम बेन्जेमा, एन’गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभेस, साडियो माने, रोबर्टो फर्मिन्हो, कालिडाउ कोलिबेलीजस्ता खेलाडीहरु पुगेका छन् ।
तपाइँको प्रतिक्रीया