२०८१ श्रावाण २ बुधबार

एनआरएनए ओसियाना क्षेत्रिय संयोजक पदमा अष्ट्रेलियाबाट जोशीको उम्मेद्‍वारी

  • admin २०८० श्रावाण ३१ बुधबार

अष्ट्रेलिया एडीलेड । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ओसियाना क्षेत्रिय संयोजक पदमा अष्ट्रेलियाबाट रमेश जोशीले उम्मेदवारी घोषणा गरेका छन्।

जोशी एनआरएनए ओसियाना पूर्व क्षेत्रिय उप-संयोजक हुन्। अष्ट्रेलियाका पूर्व उपाअध्यक्ष समेत रहेका जोशी एक दशकभन्दा लामो समय देखि यस अभियनमा सकृय रहदै आएका छन् ।

पछिल्लो समय ओसियाना क्षेत्रमा गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको र नेपाली समुदायका चासो र आवश्यकताका मुद्धाहरुमा काम गर्ने उद्देश्य सहित आफुले उम्मेद्‍वारी दिएको जोशीले बताए।

जोशीले यस बिषयमा थप्दै भने ” यस क्षेत्रमा हाम्रो जनसंख्या बढ्दै गर्दा हाम्रा समुदायका आवश्यकताहरु र समस्याहरु पनि बढ्दै गएका छन् यसको निधानको निम्ति यस क्षेत्रमा रहेका सबै एनआरएनएहरु र संघसँस्थाहरु संग सहकार्य गर्दै मैले अगाडी बढ्ने योजना गराएर यस निर्वाचनमा सहभागी हुदै छु।” देश बाट परदेशमा बसाई सराई गर्ने पहिलो पुस्ताका चुनौती , आफ्नो संस्कृती र परम्परा पुस्तान्तरण गर्दै परदेशमा हुर्कदै गरेको दोश्रो पुस्तालाई नेपाली माटोसँग जोड्ने योजना र कार्यक्रमहरुमा समेत आफुले गृहकार्य गरिरहेको उनले बताए।

ओसियाना क्षेत्रमा बस्ने धेरै नेपालीहरु यहाँका बिभिन्न क्षेत्रमा विशेषज्ञ रुपमा काम गरिरहेको र त्यो ज्ञान र शिपलाई नेपालसँग जोड्नको लागि समेत आफ्नो कार्यकालमा काम गर्ने जोशीले बताए।