काडमाडौं, १ भदौ । बङ्लादेशबाट पहिलोपटक एकैपटक करिब ७ सय पर्यटक नेपाल आउँदै छन् ।
पहिलो चरणमा आज केही पर्यटक आएका छन् भने बाँकी भोलि आउनेछन् । फरक फरक विमानमार्फत ७ सय बङ्गाली पर्यटक नेपाल आउन लागेको पर्यटन बोर्डले जानकारी दिएको हो ।
योसँगै पर्यटन बोर्डले पहिलो चरणमा नेपाल भित्रिने बंगलादेशी पर्यटकलाई पञ्चे बाजा बजाएर स्वागत गरेको छ । पहिलो लटमा करिब २५० पर्यटक शुक्रबार बिहान ११: ३० बजे त्रिभुवन विमानस्थल अवतरण गरेका हुन्।
पहिलो टाली विमान बङ्लादेशबाट आएका हुन् । दोस्रो टाली आजै साँझ हिमालय एयरलाइन्स बाट र अरु बाँकी भोलि दुइवटा चार्टर बिमान बङ्लादेशबाट आउने पर्यटन बोर्डले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रीया