२०८१ माघ २५ शुक्रबार

अष्ट्रेलियालाई हराउँदै स्विडेन महिला विश्वकप फुटबलको तेस्रो स्थानमा

  • admin २०८० भाद्र २ शनिवार

काठमाण्डौ – स्विडेनले फिफा महिला विश्वकप फुटबलको तेस्रो स्थान पक्का गरेको छ ।

आज ब्रिस्वेनमा भएको खेलमा घरेलु तथा आयोजक अष्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो बन्न सफल भएको हो ।

स्विडेनका फ्रिडोलिना रोल्फो र कोसाभारे अस्लानीले गोल गरे ।

सेमिफाइनलमा स्विडेन स्पेनसँग र अष्ट्रेलिया इंग्ल्याण्डसँग पराजित भएका थिए ।

महिला विश्वकप फुटबलको फाइनलमा भोलि इंग्ल्याण्ड र स्पेन खेल्ने छन् । दुवै टोली पहिलोपटक फाइनलमा पुगेका हुन् ।

अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।