अष्ट्रेलिया । महिला विश्वकपको फाइनलमा आफ्नो देशको जितमा गोल गर्ने स्पेनकी कप्तान ओल्गा कार्मोनालाई खेलपछि उनको बुबाको मृत्यु भएको बताइएको छ। रियल म्याड्रिडकी लेफ्ट-ब्याकका बुबा लामो समयदेखि रोगसँग लडिरहेका थिए ।
“मलाई थाहा छ तपाईंले आज राती मलाई हेरिरहनुभएको छ र तपाईं मप्रति गर्व गर्नुहुन्छ। बुवा तपाईंको आत्माले शान्ति पाओस् ” कार्मोनाले सामाजिक सञ्जालमा लेखेकी छन्।
स्पेनिस संचारमाध्यम रेलेभोले जनाएअनुसार कार्मोनाका परिवार र साथीहरुले फाइनलअघि उनलाई यसबारे जानकारी नगराउने निर्णय लिएका थिए।
तपाइँको प्रतिक्रीया