२०८१ माघ २५ शुक्रबार

क्यानको बागमती प्रदेश अध्यक्षमा पारस खड्काले उम्मेदवारी दिने

  • admin २०८० भाद्र ९ शनिवार

काठमाडौं, ९ भदौ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पारस काठमाडौं जिल्लाबाट प्रदेशका प्रतिनिधि हुन् ।

बागमती प्रदेशिक क्रिकेट संघको निर्वाचन यहि भदौ १५ गते हुँदैछ ।

बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले पारसलाई सघाउने बताएका छन् । प्रदेश संघको उपाध्यक्षमा मकवानपुर, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्लाका प्रतिनिधिलाई उठाउने सहमति बनेको बताइएको छ ।

प्रदेशको नेतृत्व गर्दै पारस आगामी असोजमा हुने केन्द्रीय सचिवको दाबेदारमा जाने बुझिएको छ ।