२०८१ माघ २५ शुक्रबार

सन्दीपलाई बलात्कार आरोप लगाउने युवती गौशाला-२६ अस्पताल भर्ना

  • admin २०८० भाद्र ९ शनिवार

काठमाडौं, ९ भदौ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा हालेकी गौशाला-२६ अस्पताल भर्ना भएकी छिन् ।

गौशाला २६ ले सामाजिक सञ्जालमा अस्पतालभित्रको तस्बिर पोस्ट गर्दै ‘बाँच्नभन्दा मर्न गाह्रो’ भनेर लेखेकी छिन् ।
सन्दीपविरुद्धको मुद्दामा भोलि पेशी तोकिएको छ ।

पेशीको अघिल्लो दिन गौशाला २६ अस्पताल भर्ना भएकी हुन् । आज बिहान उनले आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिरहेको सामाजिक सञ्जालमा बताएकी थिइन् ।

आफ्नो शरीर अब धेरै पीडा खप्न सक्ने अवस्थामा नरहेको समेत उनले लेखेकी छन् ।