२०८१ श्रावाण २ बुधबार

आक्रामक प्रचारमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ टिम

  • admin २०८० भाद्र १० आइतबार

नेपाली फिल्मको प्रचारका लागि पछिल्लो समय मेकरहरुले १५ दिन मात्र छुट्याउँछन् । कुनै समय फिल्मको ट्रेलर २ महिना अगाडि नै सार्वजनिक गरिन्थ्यो । तर, अहिले फिल्मको ट्रेलर रिलिजको १५–२० दिन अगाडि मात्र सार्वजनिक गर्ने प्रचलन बढेको छ । अझ, फिल्मको गीतसंगीत पनि पहिले जस्तै चाडै सार्वजनिक गरिदैन ।

फिल्म प्रचारका लागि अन्तिम समय नै महत्वपूर्ण हुने वुझेका फिल्मीकर्मीले सोही अनुसार प्रचारको योजना बनाउने गर्दछन् । तर, कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिम भने प्रचारमा आक्रामक देखिएको छ । फिल्मको फस्टलुक र टिजर सार्वजनिक भैसकेको छ ।

दुबै प्रचार सामाग्रीले दर्शकको उच्च साथ पाएका छन् । फिल्मको टिजर सार्वजनिक भएपछि त दर्शकमा यो फिल्म हेर्ने चाहना अझै बढेको छ । यसैबिच, यसको निर्माणपक्षले फिल्मको पहिलो गीत बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ । गीतमा नायिका आँचल शर्मा र शिर्ष पात्र विपिन कार्कीको नृत्य हेर्न सकिन्छ ।

फिल्म रिलिज हुन करिब २ महिना बाँकी छ । तर, फिल्मको टिमले प्रचारलाई भने आक्रामक रुपमा अगाडि बढाइरहेको छ । विशेषगरि, विदेशी बजारमा पनि दर्शकले यो फिल्मलाई उच्च चासोका साथ हेरेकाले प्रचारमा आक्रामक रुपमा अगाडि बढ्ने तयारी निर्माणपक्षले गरेको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्ममा खगेन्द्र लामिछानेको निर्माण तथा लेखन छ ।