२०८१ माघ ७ सोमबार

न्युयोर्कमा नेपाली सामुदायिक मिडियाका ९ प्रधानसम्पादकहरु सम्मानित

  • admin २०८० भाद्र १० आइतबार

न्युयोर्कमा नेपाली सामुदायिक मिडियाका ९ प्रधानसम्पादकहरु सम्मानित भएका छन् । तारा किशन फाउण्डेशनले शनिबार उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा खसोखासका प्रधानसम्पादक किशोर पन्थी, नेपालिजमका प्रदिप परियार थापा, टिभी सन्डेका किरण मरहट्टा, विश्वसन्देशका योगेश आदि, नेपालयका विष्णुप्रसाद पौडेल, टुटुल्कोका ज्योतिकुमार श्रेष्ठ, रुपान्तरणका अकुर लुईटेल, मकै हाउसका खडग पुलामी र विश्व परिक्रमाका गोविन्द गिरी प्रेरणा रहेका छन् । अमेरिकामा औपचारिक दर्ता भई संचालित संचालित संचारमाध्यमका संचालक र प्रधान सम्पादकहरुलाई भाषा साहित्यमा दिएको योगदानका कारण सम्मान गरिएको आयोजकले बताए ।

नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्य र तारा किशन फाउण्डेशनकी अध्यक्ष तारा धामीको अध्यक्षतामा भएको कार्यक्रममा देउडा गायक शंकरसिंह विष्ट र गायिका चाँदनी विष्टलाई पनि सम्मान गरिएको थियो ।