पोखरा । झूटो खबर फैलाउनेलाई कारबाहीको माग गर्दै गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएकी छन् ।
समीक्षाले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गर्नेहरुको खोजतलास गरी कारबाहीको माग गर्दै निवेदन दिएकी हुन् । उनले केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेको’ भन्ने झूटो खबर फैलाइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन् ।
विनाप्रमाण विभिन्न समाचारहरु प्रेषित गरी फेसबुक पेजबाट मेरो इज्जत, प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोष्ट गरेका व्यक्तिहरु खोजतलास गरी कानूनी कारबाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ भनी श्रीमानसमक्ष यो निवेदन लेखी पेश गरेको छु’, उनले दिएको निवेदनमा भनिएको छ ।
तपाइँको प्रतिक्रीया