२०८२ बैशाख १५ सोमबार

नेपालका पाँच खेलाडी अष्ट्रेलियाको बिग ब्यास लिगको ड्राफ्टमा

  • admin २०८० भाद्र ११ सोमबार

काठमाडौँ / सन्दीप लामिछाने मात्रै खेल्दै आएको अष्ट्रेलियाको बिग ब्यास लिग क्रिकेटमा नेपालका अन्य खेलाडीले पनि मौका पाउने संभावना बढेको छ । अष्ट्रेलियन क्रिकेट बोर्डले सार्वजनिक गरेको ड्राफ्टमा यसपटक नेपालका पाँच खेलाडी समावेश गरिएको छ ।

अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन् ।
लामिछानेले पहिले नै बिग ब्यास खेलिसकेका छन् ।

उक्त ड्राफ्टबाट नियमित खेलाडीको सूचीमा परेका उनीहरुले आगामी सिजन २०२३-२४ को बीबीएल खेलमा सहभागी हुन पाउने छन् ।

१३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३७६ खेलाडी ड्राफ्टमा छन् । यी खेलाडीले ८ टिममा रहि खेल्नेछन् । बिग ब्यासको ड्राफ्ट आगामी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यास आगामी डिसेम्बर ७ देखि सुरु हुनेछ ।