२०८१ श्रावाण २ बुधबार

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

  • admin २०८० भाद्र १६ शनिवार

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।

मुटुसम्बन्धी समस्याका कारण उनलाई मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

उनको मुटुमा समस्या देखिएको अस्पतालले जानकारी दिएको छ । उनलाई २४ घन्टा अस्पतालमै राखेर सुपरिवेक्षण गरिने बताइएको छ । उनको अवस्था अहिले सामान्य छ ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह लगायत अस्पताल पुगेका थिए ।